नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने

नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने


  • 3.6K
    SHARES
    • कार्तिक १४, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.5K Views

    नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने

     काठमाडौं, १४ कात्त्कि । साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशालामा जाने हुनुभएको छ।

    images

    दक्षिण एसियाली फुटबल महासंघ ९साफ० महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

    बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने हुनुभएको हो  । प्रधानमन्त्री ओलीले खेल अवलोकन र उपाधि विजेतालाई पुरस्कारसमेत वितरण गर्ने कार्यक्रम रहेको छ ।

    सातौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँच पटक फाइनलमा पुगेको छ। तर, उपाधि भने हालसम्म पनि उचाल्न सकेको छैन। त्यसकारण आजको खेलमा उपाधि जित्ने लक्ष्यसहित नेपाल मैदान उत्रनेछ।

    नेपालले सेमिफाइनलमा भारत र बङ्गलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।


    तेस्रो आँखा