काठमाडौँबाट रेड पान्डाको छालासहित एकजना पक्राउ

काठमाडौँबाट रेड पान्डाको छालासहित एकजना पक्राउ


  • 3.4K
    SHARES
    • कार्तिक १४, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.2K Views

    काठमाडौँबाट रेड पान्डाको छालासहित एकजना पक्राउ

    काठमाडौँ, १४ कात्तिक । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा बाग्लुङको वरेङ गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो ‘प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनलाई दुईवटा रेड पाण्डाको छालासहित पक्राउ गरेको हो ।’ उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।


    तेस्रो आँखा