बंगलादेश च्याम्पियन, नेपाल फेरि उपविजेतामा सीमित

बंगलादेश च्याम्पियन, नेपाल फेरि उपविजेतामा सीमित


  • 3.3K
    SHARES
    • कार्तिक १४, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.0K Views

    बंगलादेश च्याम्पियन, नेपाल फेरि उपविजेतामा सीमित

    काठमाडौं, १४ कात्तिक । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सीमित भयो ।

    images

    बुधवार दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसंग २-१ गोल अन्तरले पराजित भएको हो ।

    यससँगै नेपाल साफको फाइनलमा छैटौं पटक पराजित भयो । नेपालले बंगलादेशसँग २०२२ को संस्करणको फाइनलमा पनि ३-१ गोलको पराजय भोगेको थियो । नेपाल साफको उपाधि भिडन्तमा बंगलादेशसँग दुई पटक र भारतसँग चार पटक पराजित भइसकेको छ ।

    यस्तै नेपाली महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भएको यो १२औं पटक हो । नेपाल १२औं फाइनलमा पराजित हुँदा फेरि पनि उपविजेतामै सीमित बन्यो ।

    बंगलादेशका लागि ८१ मिनेटमा ऋतु चक्माले गोल गर्दै दोस्रो पटक अग्रता दिलाएकी थिइन् । उनले कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले रोक्न सकिनन् ।

    नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन् । उनले प्रिति राईले सेन्टर एरियाबाट दिएको पासमा उत्कृष्ट गोल गरेकी थिइन् ।

    ५२ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो । नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बंगलादेशकी मोनिका चक्माले डिबक्स भित्रबाट गोल गरेको थियो ।

    नेपालले ६१ मिनेटमा अग्रता लिने अवसर खेर फालेको थियो । सावित्रा भण्डारी साम्बाले ६१ मिनेटमा राम्रो रनिङमा डिबक्सबाट सेकेन्डबार च्याप्दै हानेको प्रहार सफल भएन ।

    खेलको दोस्रो मिनेटमै बंगलादेशले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेन । नेपालकी डिफेन्डर गीता रानाले डिबक्स नजिक मिस पास दिएपछि पाएको बलमा बंगलादेशकी कप्तान सविना खातुनले सशक्त प्रहार गरेकी थिइन् । तर उनको प्रहार बारमा लागेर फर्किएको थियो । त्यसपछि सविनाले गरेको हेडरलाई नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नियन्त्रणमा लिइन् ।

    खेलको दसौं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो । बंगलादेशकी गोलकिपर रुप्ना चक्मा अघि बढेको अवस्थामा नेपालकी अमिषा कार्कीले डिबक्समा गोल गर्ने अवसर पाइन् । तर उनको प्रहार बारमा लागेर फर्किएको थियो ।

    त्यसपछि दुवै टोलीले गोलका लागि अवसर सिर्जना गर्ने प्रयास गरे । तर दुवै टोलीले डिबक्समा लगेर प्रहार गर्न असफल भए ।


    तेस्रो आँखा