काठमाडौं, १५ कात्तिक । सुनको मूल्यमा दिन प्रतिदिन नयाँ रकेर्ड बनिरहेको छ। बिहीबार सुन प्रतितोला एक हजार रूपैयाँले बढेर एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार प्रतितोला सुनको मूल्य एक लाख ७० हजार रूपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धिले नेपाली बजार पनि तातेको छ । सर्वसाधारणले खरिद गर्दा व्यवसायीहरूले थप १२ देखि १८ प्रतिशत जोडेर बेच्छन् । ज्याला र जर्ती जोडिँदा उपभोक्ता मूल्य थप बढ्छ । बुधबारकै मूल्यअनुसार सर्वसाधारणले गहना खरिद गर्दा प्रतितोला करिब २ लाख रुपैयाँ तिर्नुपर्छ ।
बिहीबार चाँदीको मूल्य भने सामान्य घटेको छ। चाँदीको मूल्य प्रतितोला दुई हजार ९० रूपैयाँ छ। बुधबार चाँदीको मूल्य तोलाको दुई हजार एक सय रूपैयाँ थियो।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार सात सय ८३ डलरमा कारोबार भएको छ।
