काठमाडौं, १५ कात्तिक । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ महिला च्यापियनसिपको सातौं संस्करणमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभियो । उहाँकाअनुसार मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।
बुधबार दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।
अघिल्लो संस्करणको फइनलमा पनि नेपाली टोली बंगलादेशसँगै पराजित भएको थियो । यस पटक उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौं महानगरपालिकाले बुधबार राती नै २५ लाख रुपैयाँसहित सम्मान गरेको थियो ।
