हङकङ सिक्सेसमा इङल्याण्डमाथि नेपालको शानदार जित

हङकङ सिक्सेसमा इङल्याण्डमाथि नेपालको शानदार जित


  • 2.6K
    SHARES
    • कार्तिक १६, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.0K Views

    हङकङ सिक्सेसमा इङल्याण्डमाथि नेपालको शानदार जित

    नेपालले हङकङ सिक्सेसमा विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

    images

    इङल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले ५० रन बनाएका थिए भने लोकेश बमले २० तथा राशिद खानले २१ रन बनाएका थिए ।   

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो । इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए ।

    त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, विवेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए ।

    अब नेपालले अर्को खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ ।


    तेस्रो आँखा