स्टार मिडफिल्डर अमिषा कार्की सम्मानित

स्टार मिडफिल्डर अमिषा कार्की सम्मानित


  • 3.2K
    SHARES
    • कार्तिक १६, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.0K Views

    स्टार मिडफिल्डर अमिषा कार्की सम्मानित

    काठमाडौँ, १६ कात्तिक । एसएस फाउन्डेसनले नेपाली महिला राष्ट्रिय फुटबल टोेलीकी मिडफिल्डर अमिषा कार्कीलाई आज नगदसहित सम्मान गरेको छ ।

    images

    महिला साफ च्याम्पियनसिपको फाइनलमा गोल गरेवापत कार्कीलाई आज आयोजित एक कार्यक्रममा एसएस फाउन्डेसनका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले सम्मान गर्नुभएकाे छ  ।

    सम्मान स्वरुप कार्कीले रु एक लाख प्राप्त गरिन । अमिशाले यस किसिमको सम्मानले आफुलाई थप हौसला मिलेको बताउनु भएको हाे  । अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ ।

    अमिषाले यही कात्तिक १४ गते भएको बंगलादेशविरुद्धको फाइनल खेलमा नेपालका लागि गोल गरेकी थिइन । यद्यपि उक्त खेलमा बंगलादेशसँग नेपाल २–१ गोलअन्तरले पराजित हुदै उपविजेता बनेको थियो ।

    त्यसैगरी उनले भारतविरुद्धको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा पनि गोल गरेकी थिइन ।


    तेस्रो आँखा