• ट्रेण्डिङ्ग :
चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व, गृहमन्त्री

चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व, गृहमन्त्री


  • 3.4K
    SHARES
    • कार्तिक १६, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.3K Views

    चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व, गृहमन्त्री

    काठमाडौं १६ कात्तिक ।  गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन् । शुक्रबार पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

    images

    गृहमन्त्री लेखकले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताए । एउटा परिस्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरुमा उपस्थित हुने कुराको आफैँमा ठूलो महत्त्व रहेको बताए ।  हाम्रा ऋषिमुनीहरुले धेरै ठूलो अध्यापन र अनुभवपछि यी पर्वहरुको निर्माण गरेका  उनको भनाई थियो ।


    तेस्रो आँखा