राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गाई पूजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गाई पूजा


  • 2.9K
    SHARES
    • कार्तिक १७, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.4K Views

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गाई पूजा

    काठमाडौँ, १७ कात्तिक  । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ तिहार अर्थात् यम पञ्चकका अवसरमा आज गाई पूजा गर्नुभएकाे छ  । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ ।

    images

    राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिनुभएकाे हाे  । श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ ।

    तिहार अर्थात् यम पञ्चक अन्तरगत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ । 


    तेस्रो आँखा