दाङ, १७ कार्तिक । होटेल पौवा घोराहीले दिपावलीको अवसरमा शुक्रबार बेलुका होटेलमा लोक साँस्कृतिक भैलो कार्यक्रम आयोजना गरेको छ । मौलिक सँस्कृती र लोक परम्पराको संरक्षणका लागि दिपावलीको अवसर पारी होटेलमा भैलो कार्यक्रम आयोजना गरेको होटेलका म्यानेजर केडी शर्माले बताउनुभयो ।
भैलोमा आधुनिक र विदेशी गितहरुको प्रभाव बढिरहेको बेला मौलिक गित र नृत्यसहितको भैलो आयोजना गरेको शर्माले बताउभयो । भैलो कार्यक्रममा एम्आर्डी डान्स स्टुडियो घोराहीका कलाकारहरुले मौलिक भैलो र नाचहरु प्रस्तुत गरेका थिए । तिहारको अवसरमा परम्परादेखि गाइने भैली गितहरुमा लोक नृत्यहरु प्रस्तुत गरेको एम्आर्डी डान्स स्टुडियोका सञ्चालक धिरज देवकरले बताए । कार्यक्रममा लोक नृत्यका साथै सन्देशमुलक नाटक पनि प्रस्तुत गरिएको थियो ।
