पोर्तुगल १८ कात्तिक । आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्तुगलमा रहेका नेवार समुदायले नेपाल सम्वत् ११४५ र सामुहिक म्ह पुजा मनाएका छन् । लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार भएको म्ह पुजामा नेवार समुदायका एक सय जनाभन्दा बढिको सहभागिता रहेको थियो ।
आफ्नो शरिरलाई आफैले निरोगिता र रोकिएका काम पूरा होस् भनेर म्ह पुजा गर्ने चलन रहेको नेवाः खः ल, पोर्तुगलका अध्यक्ष राजेशमान जोशीले जानकारी दिए । ,आत्मालाई मण्डपमा राखेर विधिपुर्वक पुजा गर्ने नेवारी अनुसार म्ह पुजा गर्ने चलन रहेको छ- उनले भने, हामीले पनि त्यहि प्रचलनलाई प्रवासमा पनि निरन्तरता दिने प्रयास गरेका हौं ।,
युरोपमा पहलो पटक आयोजना गरिएको म्ह पुजाका संयोजक अमृतरत्न शाक्यले संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रवासमा गरिएको कार्यक्रमबाट आफु हौसिएको बताए । पहिलो पटक गरिएको पुजामा भएको सहभागीताले निकै खुशी लागेको छ-उनले भने नेपालीहरू जहाँ भएपनि आफ्नो संस्कृतिलाई भुल्न सक्दैनन् भन्ने यो गतिलो उदाहरण हो ।,
नेवाः खःल, पोर्तुगलले यसभन्दा अघि विस्केटजात्रा पनि मनाएको जानकारी दिदैं आजको यो म्ह पुजा पनि भव्य हुन गएकोका ग्रिन एण्ड चिल्डका संचालक सुमेश श्रेष्ठले पनि खुशी व्यक्त गरे । आफ्नो जन्मे हुर्केको बेला देखि आएको चलनलाई आत्मसाथ गर्न पाउँदा को खुशी हुदैन र ? उनले भने प्रवासमा पनि यसरी आफ्नो संस्कृति अगाल्न पाउँदा निक्कै खुशि लागेको छ । एक वर्ष अगाडि स्थापना भएको नेवा: खस्ल, पोर्चुगलले अब आफ्नो संस्कृतिको जर्गेना गर्नका लागि हमेशा प्रयास गर्ने प्रतिवद्ता पनि कार्यक्रममा व्यक्त गरिएको थियो ।
