प्रधानमन्त्री ओलीद्धारा बहिनीहरुबाट टीका ग्रहण

प्रधानमन्त्री ओलीद्धारा बहिनीहरुबाट टीका ग्रहण


  • 4.0K
    SHARES
    • कार्तिक १८, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.1K Views

    प्रधानमन्त्री ओलीद्धारा बहिनीहरुबाट टीका ग्रहण

    काठमाडौं १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाउनु भएको छ ।

    images


    प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।


    तेस्रो आँखा