जर्मनीमा कोरोना खोप अनिवार्य

जर्मनीमा कोरोना खोप अनिवार्य


  • 5.3K
    SHARES
    • मंसिर ७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    जर्मनीमा कोरोना खोप अनिवार्य

    एजेन्सी ।

    images

    कोराना संक्रमण नियन्त्रणका लागि युरोपभर लकडाउनको लहल चलेको बेला जर्मनीले आफ्ना नागरिकलाई खोप अनिवार्य गर्ने तयारी गरेको छ ।

    जर्मन सरकारले कि खोप लगाएर निको होऊ नत्र मर भन्ने चेतावनी जारी गर्दै अनिवार्य खोप कार्यक्रम शुरु गर्ने संकेत गरेको हो ।
    जर्मन स्वास्थ्य मन्त्री जेन्स स्पानले यो हिउँदको अन्तसम्ममा प्रत्येक जर्मन नागरिकलाई कि खोप लगाएर सुरक्षित बनाइने वा मृत्युका लागि छाडिदिने बताएका छन् ।

     

    जर्मनीका कतिपय क्षेत्रमा तीव्र संक्रमण दरका कारण लकडाउन गर्नु परेको र अस्पतालहरु विरामीले भरिभराउ हुन थालेको सन्दर्भमा स्वास्थ्यमन्त्री स्पानले यस्तो चेतावनी दिएका हुन ।

    सत्ताबाट बाहिरिंदै गरेकी चान्सलर एंगेला मर्केलले पनि कारोना नियन्त्रणका लागि सरकारले चालेका नियन्त्रणकारी कदमहरु पर्याप्त नभएको भन्दै संक्रमणको गति नाटकीय रुपमा बढेकाले कठोर कमद जरुरी देखिएको बताएका छन् ।

    जर्मनीमा हरेक हप्ता संक्रमित दर दोब्बरले बढिरहेको छ । हिजो सोमबार मात्रै ३० हजार बढी संक्रमित फेला परेका छन् भने ६२ जनाको मृत्यु भएको छ ।

     


    तेस्रो आँखा