बुटवल,१८ फागुन । लुम्बिनी विकास कोषको कोषाध्यक्ष सहित ९ जना परिषद सदस्यहरुलाई पदभार तथा स्वागत गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषदले गत फागुन ५ गते कोषाध्यक्षमा ढुण्डीराज भट्टराई (सिद्धिचरण) सहित ९ जना परिषद सदस्यलाई ५ बर्षका लागि नियुक्त गरेको थियो ।
नवनियुक्त कोषाध्यक्ष भट्टराई सहितका परिषद सदस्यलाई कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सदस्य सचिव सानुराजा शाक्य लगायतले औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै कोषाध्यक्ष भट्टराईले लुम्बिनी गुरुयोजना समयमै सक्ने र लुम्बिनीलाई स्मार्ट लुम्बिनी बनाउन आफुले योजनाबद्ध काम साथै तिलौराकोट, देवदह लगायतको विकासमा जोडदिने बताए ।
