• ट्रेण्डिङ्ग :
खुला सीमानाले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउँछ : खेलकुदमन्त्री चौधरी

खुला सीमानाले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउँछ : खेलकुदमन्त्री चौधरी


  • 2.3K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.5K Views

    खुला सीमानाले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउँछ : खेलकुदमन्त्री चौधरी

    काठमाडौं, २५ कात्तिक । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउने गरेको बताउनु भएको छ ।

    images

    आईतवार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउने गरेको बताउनु भएको हो । उहाँले नेपाल र भारतबीचको खुला सीमानाले पनि ड्रग्स सप्लाइ हुन सहज हुने गरेको बताउनुभयो । उहाँले नेपालमा विद्यालयस्तरबाटै चुरोट सेवन गर्ने र युवाअवस्थामा ड्रग्स सेवन गर्ने क्रम बढ्दो रहेकाले नियन्त्रणको आवश्यकता रहेको बताउनुभएको छ ।

    उहाँले सरकारले नियन्त्रणका लागि विभिन्न ऐन, कानून निर्माण गरेको भएपनि चाहेको जति नियन्त्रण हुन नसकेको बताउनुभयो । उहाँले नेपालमा ड्रग्स उत्पादन गर्ने कुनै कम्पनी नभएपनि भारतबाट खुला सीमानाका कारण बढी ल्याइने गरेको बताउनु भएको हो । दुई देशको बीचमा ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

    मन्त्री चौधरीले नेपालमा ड्रग्सको समस्या धेरै नै नरहेकाले समस्या समाधानका लागि भारत सरकारसँग सहयोगको आग्रह समेत गर्नुभयो ।


    तेस्रो आँखा