पक्राउ परेका एमाले सांसद अधिकारीलाई काठमाडौं लगियो

पक्राउ परेका एमाले सांसद अधिकारीलाई काठमाडौं लगियो


  • 2.3K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.5K Views

    पक्राउ परेका एमाले सांसद अधिकारीलाई काठमाडौं लगियो

    काठमाडौं, २५ कात्तिक । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरि काठमाडौं लगिइएको छ ।

    images

    नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर काठमाडौँ लगिइएको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरी अधिकारीलाई काठमाडौँ लगिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी परीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    उनले भने, ‘नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरमा पक्राउ गरिएको थियो, अहिले काठमाडौँ लगिइएको छ ।’

    यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ ।

    नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङले पनि पक्राउ गरेको पुष्टि छ ।

    यसैगरी अधिकारीलाई नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।


    तेस्रो आँखा