• ट्रेण्डिङ्ग :
कालीकोटमा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ७ पुग्यो

कालीकोटमा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ७ पुग्यो


  • 2.7K
    SHARES
    • कार्तिक २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.2K Views

    कालीकोटमा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ७ पुग्यो

    कालिकोट २६ कात्तिक । कालिकाृेटमा बिहीबार भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ७ पुगेको छ । कालिकोटको पलाँता गाउँपालिका–३ राडुनेटामा क १ ज ५६ नम्बरको यात्रु बोकेको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको हो । 

    images

    दुर्घटनामा परि ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने जिप चालकलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावटले जानकारी दिनुभयो ।

    पलाँता गाउँपालिका–६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, वडा नम्बर ५ का छाया शाही र वडा नम्बर ३ का दमन रोकायाको घटनास्थलमै मृत्यु भएको हो । चालक धनीराम रावतलाई अस्पतालले मृत घोषणा गरेको हो ।

    उक्त दुर्घटनामा परि पलाँता गाउँपालिका–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भूपेन्द्र रोकाया, वडा नम्बर ३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, वडा नम्बर ५ का दोली विक, आयुसा विक घाइते  हुनु भएको छ । घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। ओभरलोडका कारण जिप दुर्घटना भएको प्रहरीले निष्कर्ष निकालेको छ।


    तेस्रो आँखा