एमसीसी सम्बन्धी १२ बुँदे व्याख्यात्मक घोषणा जनतामाथिको धोका हो–नेपाली कांग्रेस वीपी

एमसीसी सम्बन्धी १२ बुँदे व्याख्यात्मक घोषणा जनतामाथिको धोका हो–नेपाली कांग्रेस वीपी


  • 13.3K
    SHARES
    • फाल्गुण १८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 20.4K Views

    एमसीसी सम्बन्धी १२ बुँदे व्याख्यात्मक घोषणा जनतामाथिको धोका हो–नेपाली कांग्रेस वीपी

    काठमाडौं, १८ फागुन । नेपाली कांग्रेस (वीपी) पार्टीले एमसीसीको साथमा पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणापत्र नेपाली जनताको लागि धोका भएको बताएको छ । बुधबार नेपाली कांग्रेस बीपीले माइतिघर मण्डलामा संसदबाट पारित एमसीसीको विरोध गर्दै ‘व्याख्यात्मक १२ बुँदे टिप्पणी धोको भएको बताएको हो । 

    images

    बिरोध सभामा नेपाली कांग्रेस बीपीले एमसीसी नेपाली जनताको लागि घातक भएको र १२ बुँदे घोषणापत्र जनतामा छरिएको एउटा भ्रम मात्र भएको आरोप लगाएको छ । ‘एमसीसीलाई राजनीतिक दलहरुले कार्यकर्तालाई सडकमा पठाएर आफुले सत्ता र स्वार्थको आधारमा पास गर्ने काम गरे ।’ नेपाली कांग्रस वीपीका उपसाभापति पुष्पराज पराजुलीले भने, ‘यो १२ बुँदे व्याख्यात्म घोषणापत्र जनताको आँखामा धुलो छर्ने काम मात्र हो ।’

    त्यस्तै नेपाली कांग्रेस वीपीका केन्द्री सदस्य तथा नुवाकोटका जिल्ला सभापति सुशीलमान श्रेष्ठले आफूहरुले एमसीसीको विरोध नगरेर त्यहाँ भएको नेपाली हित विपरितका कुराहरुको विरोध गरेको बताए । त्यस्तै नेपाली कांग्रेस महिला संघ वीपीका अध्यक्ष इन्द्रा अधिकारीले एमसीसी राष्ट्रघाती भएकोले यसको विरोधमा उत्रन सबैलाई आग्रह गरिन् । राजनैतीक स्वार्थमा केन्द्रीत भएर पर्याप्त छलफल नगरि एमसीसी पास गरेको भन्दै उनले दलहरु प्रति आक्रोस व्यक्त गरिन् । 

    नेपाल विद्यार्थी संगठन वीपीका पूर्व अध्यक्ष बिकास पाण्डेले विदेशीको शामु लाचार भएर अहिलेको सरकारले एमसीसी पास गरेको आरोप लगाए । १२ बुँदे व्याख्यात्मक घोषणापत्रको भ्रममा नपर्न आम जनतालाई आवहान गर्दै यस विषयमा आफूहरुले निरन्तर देशभर आन्दोलन गर्ने नेताहरुले बताएका छन् । 

    गत १५ गते संघीय प्रतिनिधि सभाको संसदले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई १२ बुँदे व्याख्यात्मक घोषणापत्र सहित पारित गरेको थियो । उक्त व्याखत्मक घोषणा सहितको एमसीसी अनुमोदन गर्ने संसदको निर्णयलाई अमेरिकाले स्वीकार गरिसकेको जनाएको छ ।  


    पदम भुजेल
    लेखकबाट थप