जेठानीको चिर्पट प्रहारबाट देउरानीको घटनास्थलमै मृत्यु

जेठानीको चिर्पट प्रहारबाट देउरानीको घटनास्थलमै मृत्यु


  • 2.7K
    SHARES
    • कार्तिक २७, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.2K Views

    जेठानीको चिर्पट प्रहारबाट देउरानीको घटनास्थलमै मृत्यु

    बैतडी २७ कात्तिक । बैतडीमा जेठानीको चिर्पट प्रहार गर्दा देउरानीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा सोमबार बेलुका ८ बजेको समयमा डिलाशैनी गाउँपालिका वडा नम्बर २ छेपट्टामा ३० वर्षीया दीपा बोहराले आफ्नै देउरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    images

    जेठानीको चिर्पटले प्रहारबाट देउरानीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो । घटनालगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउदको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।

    चिर्पटले हानेर देउरानीको हत्या गर्ने दीपालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा