• ट्रेण्डिङ्ग :
नेपाल आईसिसी यु-१९ महिला विश्वकपमा छनोट

नेपाल आईसिसी यु-१९ महिला विश्वकपमा छनोट


  • 2.3K
    SHARES
    • कार्तिक २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.5K Views

    नेपाल आईसिसी यु-१९ महिला विश्वकपमा छनोट

    काठमाडौं, २८ कात्तिक । नेपाल आईसिसी यु–१९ महिला विश्व कपमा छनोट भएको छ । युएईलाई हराउँदै नेपाल विश्व कपमा छनोट भएको हो । 

    images

    नेपालले जितका लागि ८४ रनको लक्ष्य पाएको थियो । नेपालले उक्त लक्ष्य १४.४ औँ ओभरमा पुरा गर्‍यो । यो जितसँगै नेपालको विश्व कप खेल्ने सपना पुरा भएको छ ।

    नेपालको जितमा साना प्रवीणले सार्वधिक ३५ रन बनाउनुभयो । उहाँले ४२ बलमा नटआउट ३५ रन बनाउनु भएको हो । यस्तै कप्तान पुजा महतोले २१ रनको आक्राम इनिङ खेल्नुभयो । उहाँले १८ बलमा २१ रन बनाउनुभयो । 

    यस्तै सावित्री धामीले १२ रनको योगदान दिनुभयो भने सोनी पाख्रिन १३ रनमा नटआउट रहनुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको यूएईले निर्धारित २० ओभरमा ८३ रन जोडेको थियो । यूएईलाई मध्यम रनमा रोक्न नेपालकी करिष्मा गुरुङले घातक बलिङ गर्नुभयो । उहाँले १७ रन खर्चिएर ४ विकेट लिनुभयो ।

    रिया शर्मा र सिमाना केसीले समान २–२ विकेट लिनुभयो । सीमानाले १८ रन खर्चिदाँ रियाले १२ रन मात्रै खर्चनुभयो । रचना कुमारी चौधरीले २४ रन खर्चिएर १ विकेट लिनुभयो । एसिया छनोटअन्तर्गत नेपालले यूएईमा ६ खेल खेल्यो । जसमा पाँच खेलमा जित निकाल्यो भने एक खेलमा पराजित भएको थियो ।

    नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । यस्तै, दोस्रोमा नेपालले कुवेतलाई १ सय ८ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो ।

    नेपालले चौथो खेलमा आइतबार थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको थियो । मङ्गलबार भएको पाँचौँ खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको थियो ।
    प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी थिए ।


    तेस्रो आँखा