काठमाडौं २९ कात्तिक । भक्तपुरमा खुट्टा बाँधिएको अवस्थामा एक वृद्धाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३, दरबार स्क्वायरनजिक घर भएकी ९४ वर्षीया विष्णुकुमारी त्वयनाको खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
उनको हत्या गरिएको प्रहरीको आशंका छ । विष्णु आफ्नै घरको चौथो तलामा मृत भेटिएकी हुन् । तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
