युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार

युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार


  • 5.6K
    SHARES
    • फाल्गुण १९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार

    एजेन्सी, १९ फागुन । रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ। युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो। 

    images

    यसअघि बेलारुसमा पहिलो चरणको वार्ता भएको थियो तर उक्त वार्ता सफल हुन सकेको थिएन। क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी प्रतिनिधि उपलब्ध रहेको बताएका हुन्।

    राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रुसका तर्फबाट प्रमुख वार्ताकार हुने विवरणहरूमा जनाइएको छ। युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने कुनै प्रगति हुनेबारे निराशा व्यक्त गरेका छन्। उनले युक्रेन आफ्नो अडानमा कायमै रहेको बताए।


    तेस्रो आँखा