चेल्सीः फुटबल क्लब बेचेर युक्रेनका युद्धपीडितलाई सहयोग गर्ने अब्रामोभिचको योजना

चेल्सीः फुटबल क्लब बेचेर युक्रेनका युद्धपीडितलाई सहयोग गर्ने अब्रामोभिचको योजना


  • 9.0K
    SHARES
    • फाल्गुण १९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    चेल्सीः फुटबल क्लब बेचेर युक्रेनका युद्धपीडितलाई सहयोग गर्ने अब्रामोभिचको योजना

    एजेन्सी, १९ फागुन । चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिचले क्लब विक्री गर्ने योजना बनाएको बताएका छन्।

    images


    प्रिमअर लीग क्लबको वेबसाइटमा राखिएको एउटा वक्तव्यमा रुसी व्यापारी अब्रामोभिचले ‘एकदमै कठिन निर्णय लिएको’ त्यसले ‘पीडा दिएको’ उल्लेख गरेका छन् । क्लब विक्रीमार्फत हुने मुनाफा युक्रेन–रुस युद्धका पीडितलाई दान गर्ने उनले बताएका छन् । 


    युक्रेनमाथि रुसी  आक्रमणपछि अब्रामोभिचले चेल्सी सम्हाल्ने जिम्मेवारी त्यसका संरक्षकहरुलाई दिने शनिवार बताएका थिए । पचपन्न वर्षीय अब्रामोभिचको रुसी राष्ट्रपती भ्लादिमिर पुटिनसँग गहिरो सम्बन्ध रहेको तर उनले यो कुरालाई अस्वीकार गर्दै आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


    बीबीसीका अनुसार चेल्सी खरिदका लागि अब्रामोभिचले प्रस्ताव पाइसकेका छन् । उनले क्लबको मूल्य तीन अर्ब पाउन्ड स्टर्लिङ राखेको बताइन्छ ।  


    वक्तव्यमा अब्रामोभिचले मैले सधैँ मनमा क्लबको भलो सोचेर निर्णयहरू लिने गरेको बताएका छन् । ‘अहिलेको अवस्थामा मैले क्लब बेच्ने निर्णय लिएको छु जुन निर्णय क्लब, प्रशंसक, कर्मचारी र प्रायोजक तथा साझेदारको समेत हितमा रहेको मेरो विश्वास छ ।’, उनले भनेका छन् ‘क्लबको विक्री द्रुत गतिमा नभई प्रक्रियाअनुरूप नै हुनेछ। कुनै ऋण तिर्न भन्ने छैन।
    मैले मेरो टोलीलाई एउटा परोपकारी संस्था खडा गर्न भनेको छु जसमार्फत सबै मुनाफा दान गरिनेछ। यो संस्था युक्रेनमा युद्धबाट पीडित भएका मानिसहरूका लागि हुनेछ ।’

    सन् २००३ मा अब्रामोभिचले १४ करोड पाउन्ड स्टर्लिङमा खरिद गरेका थिए।

    बीबीसी

  • सम्बन्धित विषय:

  • # खेलकुद

  • तेस्रो आँखा
    लेखकबाट थप