नगर प्रमुखले चाहेमा यहाँको खेलमैदानलाई काठमाडौंको भन्दा सुविधायुक्त बनाउन सक्नुहुन्छ : प्रदेश प्रमुख

नगर प्रमुखले चाहेमा यहाँको खेलमैदानलाई काठमाडौंको भन्दा सुविधायुक्त बनाउन सक्नुहुन्छ : प्रदेश प्रमुख


  • 5.0K
    SHARES
    • मंसिर २, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 7.7K Views

    नगर प्रमुखले चाहेमा यहाँको खेलमैदानलाई काठमाडौंको भन्दा सुविधायुक्त बनाउन सक्नुहुन्छ : प्रदेश प्रमुख

    तुलसीपुर, २ मंसिर । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले नगर प्रमुखले चाहानुभयो भने यो खेलमैदानलाई काठमाडौंको खेलमैदान भन्दा पनि उच्च बनाउन सक्ने बताउनु भएको छ । चौथो हिरा स्मृति कप २०८१ को उद्घाटन समारोहका प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश  प्रमुख घर्तीले काठमाडौको जस्तो खेलमैदान बनाउने पावर, शक्ति र सम्पत्ति नगर प्रमुखको हातमा रहेको बताउनुभयो । 

    images

    प्रमुख घर्तीले नेपालले ओलम्पिक खेलमा बिना जुत्ता दौडेको पनि इतिहास रहेको उहाँले बताउनु भयो ।  "हिरा डाँगीलाई सर्दासुमन व्यक्त गर्दा जहिले पनि जस्तो परिस्थितिमा मान्छेलाई सोक, समस्या, दुबिधा, घटना र प्रकोपहरु आइरहन्छन् सोकलाई शक्तिमा बदल्नुपर्ने छ" उहाँले भन्नुभयो, "सोकलाई सम्बन्ध, सदभाव र सहयात्राहरु सरल रुपमा गर्नुपर्छ ।" उहाँले जुन सोचका साथ चौथो स्मृतिकप सुरु भइरहेको छ, ठुलो धनराशि प्रयोग गरेर राख्नुभएको छ त्यसको लागि पिता मानबहादुर डाँगी र उहाँको परिवारलाई धन्यवाद दिनुभएको थियो ।

    IMG_1138.jpeg

    उक्त कार्यक्रमका विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले खेलको जगतमा हिरा डाँगी फाउण्डेशनलाई स्थापना गर्न सक्ने बताउनुभयो । उहाँले युवा, समुदाय र समाजका सबै वर्गहरुले समुदायप्रति आत्मविश्वास दिलाउने, तिता कुरालाई बिर्सिएर एक प्रकारको समुदाय, पालिका, प्रदेश र संघीय स्तरका सरकारहरुमा हिरा स्मृति प्रतियोगिताका माध्यमबाट खेलाडीहरु चिन्ने अवसर प्राप्त हुने बताउनुभयो । 

    मेयर खड्काले खेलाडीहरुले तुलसीपुरको पहिचान, प्रदेशको पहिचान स्थापना गर्न राष्ट्रिय खेलमा सहभागी हुने अवसर यो खेलमैदानबाट प्राप्त गर्ने बताउनु भएको हो । उहाँले आफ्नो छोरा खेलमैदानमा खेल्ने एउटा प्रतिभा आज काखबाट चुडिदा परिवारलाई पर्ने पीडा सबैमा रहिरहने बताउनुभयो ।

    IMG_1140.jpeg

    हिरा डाँगी फाउन्डेसनका अध्यक्ष पोकर सिंह डाँगीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीको प्रमुख अतिथ्य र तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काको बिशिष्ट अतिथ्यमा कार्यक्रम भएको हो । 

    फुटबल  प्रतियोगिता अरनिको खेलमैदान तुलसीपुर दाङमा आजदेखि मंसिर ८ गतेसम्म संचालन हुनेभएको छ । कार्यक्रमको सहजीकरण हिरा स्मृति फाउन्डेसनका सल्लाहकार तथा खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नुभएको थियो ।


    रुपा थापा
    लेखकबाट थप