काठमाडौँ,मंसिर ७ ।
नेकपा एमालेको स्थायी समिति बैठक अहिले बसिरहेको छ । अहिले जारी बैठकमा पार्टीको १० औँ महाधिवेशनका बिषयमा छलफल भैरहेको छ । यसअघि हिँजो बस्ने भनिएको स्थायी समिति बैठक आजका लागि स्थगित भएको थियो । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयनका बिषयमा छलफल भैरहेको छ ।
निर्वाचित भएर आएका बाहेक ५ प्रतिसत महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने तयारीमा एमाले छ । आज यस बिषयमा स्थायी समितिले निर्णय गर्ने र यसलाई केन्द्रीय समितिले अनुमोदन गर्ने छ ।
