युक्रेन र रुसी युद्ध : १० लाख युक्रेनीले देश छोडे

युक्रेन र रुसी युद्ध : १० लाख युक्रेनीले देश छोडे


  • 10.0K
    SHARES
    • फाल्गुण १९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 15.3K Views

    युक्रेन र रुसी युद्ध : १० लाख युक्रेनीले देश छोडे

    एजेन्सी, १९ फागुन। किभ–युक्रेनमाथि रुसी हमलाका कारण १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिएको  राष्ट्रसंंघले जनाएको छ।

    images

    एक साताको अवधिमा सो संख्यामा शरणार्थी छिमेकी मुलुकमा शरण लिएका हुन्। गत बिहीबारदेखि रुसी सेनाले युक्रेनमाथि स्थल तथा हवाई हमला गरिरहेको छ। 

    ट्विटरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्त फिलिप्पो ग्रान्डीले भनेका छन्, ‘बन्दुकहरु बिसाउन बिन्ती गर्छु, ताकि देशमा रहेका लाखौंलाई जीवन बचाउने मानवीय सहायता प्रदान गर्न सकियोस।’

    युद्धका कारण १ करोड २० लाख मानिस आन्तरिक रुपमा विस्थापित हुने र उनीहरुलाई राहत आवश्यक पर्ने सो निकायले जनाएको छ।


    तेस्रो आँखा