१७ क्विन्टल बढी गाँजासहित टिपर चालक पक्राउ

१७ क्विन्टल बढी गाँजासहित टिपर चालक पक्राउ


  • 2.2K
    SHARES
    • मंसिर ४, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.4K Views

    १७ क्विन्टल बढी गाँजासहित टिपर चालक पक्राउ

    सप्तरी ४ मंसिर । प्रहरीले राजगढ गाउँपालिका–४ बाट १७ क्विन्टल ३६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई गएराति पक्राउ गरिएको हो । 

    images

    कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो । टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राई पक्राउ परेका छन् । निजलाई आज अदातलमा पेस गरिनेछ । उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ । रासस


    तेस्रो आँखा