एजेन्सी, १९ फागुन। किभ–युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मारिएका छन्। युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो।
रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो। तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ।
रुसी हमलामा ठूलो संख्यामा सर्वसाधारणको हताहति भएको युक्रेनले जनाएको छ। बुधबारको तथ्यांक अनुसार रुसी सेनाको आक्रमणमा ३५२ सर्वसाधारण मारिएका छन्।
यसैबीच दक्षिणी मारिउपोलमा भएका हमलामा सयौं हताहत भएको सो सहरका मेयरले बताएका छन्।
