युक्रेन मामिलामा भारत फेरि तटस्थ

युक्रेन मामिलामा भारत फेरि तटस्थ


  • 5.5K
    SHARES
    • फाल्गुण १९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    युक्रेन मामिलामा भारत फेरि तटस्थ

    एजेन्सी, १९ फागुन । युक्रेनविरुद्ध रुसी हमलाको निन्दा गर्ने राष्ट्रसंघको महासभाको प्रस्तावमा भारत फेरि तटस्थ बसेको छ । मस्को र किभबीचको बढ्दो तनाबमाथि  राष्ट्रसंघको महासभाको प्रस्तावमा एक सातामा भारत तेस्रो पटक तटस्थ बसेको हो ।  वाशिंगटनका वरिष्ठ अधिकारीहरूले भारतलाई ‘स्पष्ट अडान लिन’आह्वान गरेका थिए । 

    images

    मस्को र पश्चिमसँगको सम्बन्धलाई सन्तुलनमा राख्न खोज्दा भारत युक्रेन मामिलामा एउटा कूटनीतिक कसिलो डोरोबाट हिँडिरहेको देखिन्छ । तर, उसको रणनीतिले विशेषतः पश्चिमा देशमा प्रश्न खडा गरेको छ । 

    विश्वकै ठूलो प्रजातान्त्रिक देश भारतले प्रष्ट अडान लिनु पर्ने पश्चिमा देशहरुले आवाज उठाउँदै आएका छन् ।


    तेस्रो आँखा