अमेरिकाले पुटिनलाई भन्यो–युक्रेनमा तत्काल रक्तपात रोक

अमेरिकाले पुटिनलाई भन्यो–युक्रेनमा तत्काल रक्तपात रोक


  • 7.1K
    SHARES
    • फाल्गुण १९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    अमेरिकाले पुटिनलाई भन्यो–युक्रेनमा तत्काल रक्तपात रोक

    एजेन्सी, १३ माघ। अमेरिकी विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई तत्काल रक्तपात अन्त्य गर्न र युक्रेनी भूभागबाट आफ्ना फौज फिर्ता गर्न आह्वान गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुटिनलाई सो आह्वान गरेको हो।

    images

    विज्ञप्तिमा रसियाले स्वतन्त्र समाचार आउटलेटहरूमा पहुँच रोकेर ‘मिडिया स्वतन्त्रता र सत्यमा पूर्ण आक्रमण’ गरेको आरोप पनि लगाएको छ।

    रुसको ट्विटर, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालका प्लेटफर्महरूमाथि छुरी धसेकोसमेत अमेरिकाले ‌आरोप लगाएको छ।  रुसी सेनाले युक्रेनको एउटा सहरलाई कब्जा गरेको दर्जनौंको मृत्यु भएको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकाले विज्ञप्ति जारी गरेको हो।

     

     

     

     

     

     

     


    तेस्रो आँखा