जसले सबैभन्दा बढी मत ल्याएर जित्छ त्यही मेरो मान्छे : ओली

जसले सबैभन्दा बढी मत ल्याएर जित्छ त्यही मेरो मान्छे : ओली


  • 7.0K
    SHARES
    • मंसिर ७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    जसले सबैभन्दा बढी मत ल्याएर जित्छ त्यही मेरो मान्छे : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका महाधिवेशनबाट पार्टी पदाधिकारी तथा सदस्य सर्वसम्मत होऊन भन्ने चाहेको बताउनुभएको छ । पार्टीका पदाधिकारी तथा केन्द्रीय कार्य समिति निर्माणमा आफू मौन रहने जानकारी दिनुभयो । 
    उहाँले भन्नुभयो— ‘आफूले बोल्दामात्रै पनि ‘दबाब दिएको’ अर्थ लाग्ने हुँदा म कसैलाई दबाबमा पारेको अनुभूति होस् भन्ने पक्षमा छु । त्यसैले म सहमति वा निर्वाचनका विषयमा आग्रहसम्म पनि गर्दिन ।’ 
    काठमाडौँमा मंगलबार सम्पादकहरूसंगको अन्तरक्रियामा उहाँले आगमी नेतृत्व सहमतिका आधारमा होओस् भन्ने आफ्नो चाहना रहेको भए पनि सहमतिका लागि करकाब भने नगर्ने बताउनुभयो । 
    ‘सहमतिका आधारमा नेतृत्व चयन होओस् भन्ने चाहना हो तर सहमति गर्नै पर्छ भनेर मबाट करकाब हुँदैन’, ओलीले भन्नुभयो— ‘प्रतिस्पर्धा हुन्छ भने जसले सबैभन्दा मत ल्याउँछ त्यही मेरो मान्छे हुन्छ ।’ 
    अध्यक्ष ओलीले आफूले अहिले उम्मेदवार बन्ने वा नबन्ने भन्ने विषयमा पनि निक्र्योल नगरिसकेको जानकारीसमेत दिनुभयो । 
    भीम रावलले अध्यक्षको उम्मेदवारी घोषणाका क्रममा आँफूलाई आराम गर्न सुझाव दिएको भन्दै ओलीले यसलाई व्यंग्यात्मक शैलीमा आफूप्रतिको स्नेहका रूपमा लिएको बताउनुभयो । 
    ‘आराम गर्नुस्, दुख नगर्नुस् भनेर उहाँले मेरा बारेमा चिन्ता गर्नुभएको छ,’ ओलीले भन्नुभयो— ‘यो त उहाँले मेरो बारेमा देखाएको स्नेह हो, चुनौती होइन नि !’ 
    एक अर्को प्रसंगमा अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई ‘चितवन महाधिवेशन’ देखि नअत्तालिन आग्रह गर्नुभयो । 
    चितवनमा एमालेले महाधिवेशन गरेर आफूलाई सिध्याउन खोजेको भनेर दाहालले दिएको अभिव्यक्तिप्रति ओलीले भन्नुभयो— ‘एमालेको महाधिवेशन हामीले चितवनमा गर्नै नहुुने ? किन आत्तिनु पर्यो ?’ 
    साथै, आफ्नो चुनावी क्षेत्र रहेको चितवनमा महाधिवेशन गरेर सिध्याउन खोजेको बुझेका दाहाललाई ओलीले माओवादी केन्द्रको महाधिवेशन आफ्नो गृहजिल्ला झापामा गर्न सुझाव पनि दिनुभयो । 
    ‘उहाँले रोल्पामा चुनाव लड्नु भयो, सिरहामा पनि लड्नु भयो, काठमाडौँमा पनि उहाँ लडिसक्नु भयो, पछिल्लो पटक चितवनमा जानुभयो, उहाँको चुनावी क्षेत्रमा महाधिवेशन गर्न नपाउने हो भने हामीले महाधिवेशन गर्ने कहाँ त ?’, ओलीले भन्नुभयो— ‘उहाँलाई आग्रह छ, मेरो क्षेत्र झापाको दमकमा गएर माओवादीको महाधिवेशन गराउनुस् ।’ 
    यसैगरी, नेकपा अध्यक्ष ओलीले न्यायालयमा देखिएको बिबादका सम्बन्धमा पत्रकारका जिज्ञासाको जवाफमा भन्नुभयो— यो दुखद् घटना हो, हामी न्यायालय स्वतन्त्र, निष्पक्ष र लोकतान्त्रिक होस् भन्ने चाहन्छौँ । 
    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनले न्यायालयप्रतिको विश्वसनियतामाथि गम्भीर प्रश्न उठाएको ओलीको भनाइ छ । 
    साथै उहाँले आफ्नो नेतृत्वको सरकार ढल्दा भएको गलत फैसलाको पुष्टि अहिलेको आन्दोलनले गरिरहेको दाबी पनि गर्नुभयो ।

    images

     


    तेस्रो आँखा