पेट्रोलियम पदार्थको मूल्य फेरि पाँच रूपैयाँ बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि पाँच रूपैयाँ बढ्यो


  • 6.8K
    SHARES
    • फाल्गुण २०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    पेट्रोलियम पदार्थको मूल्य फेरि  पाँच रूपैयाँ बढ्यो

    काठमाडौं, २० फागुन। पेट्रोलिलयम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बिहीबार राति देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५/५ रूपैयाँका दरले मूल्य बढेको निगमले जनाएको छ। 

    images

    निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ।

    निगमका अनुसार ५/५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ। यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ। 


    तेस्रो आँखा