काठमाडौं ९ मंसिर । सङ्घीय संसद्को प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिनुभएको राजीनामा स्वीकृत भएको छ । सचिव अधिकारीले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा पेस गर्नुभएको थियो । उहाँको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गर्नु भएको हो ।
सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम सोमबारदेखि लागू हुनेगरी उहाँको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
