• ट्रेण्डिङ्ग :
पहिरोबाट विस्थापित १ सय ८ परिवारका लागि पक्की घर निर्माण

पहिरोबाट विस्थापित १ सय ८ परिवारका लागि पक्की घर निर्माण


  • 2.1K
    SHARES
    • मंसिर १०, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.2K Views

    पहिरोबाट विस्थापित १ सय ८ परिवारका लागि पक्की घर निर्माण

    बाजुरा १० मंसिर । सरकारले बाजुराको पुर्वोत्तरी क्षेत्रस्थित जगन्नाथ गाउँपालिका–६ पाल्त्याडीमा बाढी पहिरोबाट विस्थापित १ सय ८ परिवारलाई पक्की घर निर्माण गरेको छ ।

    images

    घर निर्माणसँगै उक्त क्षेत्र ‘नमुना बस्ती’का रुपमा स्थापित भएको छ । तीन ओटै तहका सरकारको संयुक्त ५४ करोड लागतमा पाल्त्याडीमा बनाइएको यो जिल्लाकै एकीकृत नमुना बस्ती हो । २०७९ असोज २२ देखि २४ गतेसम्मको अविरल वर्षाले गाउँपालिकाका ६ वटै वडाहरूमा धनजनको क्षति गरेको थियो । जमिन पहिरोका कारण थिलाथिला भएपछि १सय ८ परिवार विस्थापित भएका थिए ।

    विस्थापित परिवारको पुनर्स्थापना गर्न जगन्नाथ गाउँपालिकाले एकीकृत नमुना बस्तीको अवधारणा अनुसार प्रदेश र संघ सरकारसँग समन्वय गरेर प्रक्रिया अघि बढाएको थियो । संघ सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय तहको १० प्रतिशत अनुदानमा नमुना बस्ती निर्माण गरिएको हो । फाइल फोटो 


    तेस्रो आँखा