सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो


  • 6.8K
    SHARES
    • फाल्गुण २०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो

    काठमाडौं, २० फागुन। सुनको साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा  ९०० रुपैयाँका दरले बढेको छ। शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ।

    images

    यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो। यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ।  

    चाँदीको मुल्य भने स्थिर छ। बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

     


    तेस्रो आँखा