• ट्रेण्डिङ्ग :
तुलसीपुर-घोराही चारलेन सडकका लागि तीन अर्ब ९९ करोड बढी बजेट

तुलसीपुर-घोराही चारलेन सडकका लागि तीन अर्ब ९९ करोड बढी बजेट


  • 3.3K
    SHARES
    • मंसिर १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.1K Views

    तुलसीपुर-घोराही चारलेन सडकका लागि तीन अर्ब ९९ करोड बढी बजेट

    तुलसीपुर, १२ मंसिर । वर्षौंदेखि अलपत्र परेको तुलसीपुर-घोराही सडकखण्ड चारलेनमा स्तरउन्नति गर्नका लागि बजेट सुनिश्चित भएको छ । सडकको स्तरउन्नति गर्न अर्थ मन्त्रालयले तीन अर्ब ९९ करोड ४९ लाखको बजेट सुनिश्चित गरेको हो । 

    images

    अर्थ मन्त्रालयले सोही बजेटमा आधारित रहेर बहुवर्षीय योजना अन्तर्गत तुलसीपुर-घोराही सडकखण्ड विस्तारका लागि सहमति प्रदान गरेको छ । सो सडक खण्डको २१ दशमलब ५८ किमी क्षेत्रमा काम हुनेछ । अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेसँगै सडक विस्तारको काम नेपाल सरकारकै लागतमा हुने निश्चित भएको हो । 

    यसअघि २०७५ पुस १३ गतेबाट काम सुरू गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले ठेक्का पाएको थियो। सम्झौतामा ३० महिनाभित्र सडक विस्तारको काम सक्नुपर्ने उल्लेख थियो। 

    तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तारको कामको भौतिक प्रगति ६ वर्षसम्म १० प्रतिशत पनि भएको थिएन।

    भारतीय निर्माण कम्पनीले जिम्मा लिए अनुरूप काम नगरेपछि दाङको तुलसीपुर– घोराही चार लेन सडक खण्डको सम्झौता नेपाल सरकारले २०८० जेठमा रद्द गरेको थियो। भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा पाएको थियो।


    तेस्रो आँखा