रोल्पा, १३ मंसिर । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले आफुले गोल्डेन सरकारको नेतृत्व गर्न सफल भएको बताउनु भएको छ । रोल्पा जिल्लाको निम्ति आएको गोल्डेन सरकारको रुपमा संघीय सरकारको अर्थमन्त्रीको नेतृत्व वर्षमान पुन र प्रदेशको मुख्यमन्त्रीको नेतृत्व आफूले गर्न पाउनु उहाँले गोल्डेन सरकारका रुपना औल्याउनु भएको थियो ।
गृह जिल्ला रोल्पाको सुनिलस्मृति गाउँपालिका-३ रुईनिवाङमा रहेको रोल्पा सनलाईट इङ्गलिस बर्डिङ स्कुलको १५ औं वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
"संघ र प्रदेशबाट यो क्षेत्रलाई प्राथमिकता राखेर बजेट बनाएका थियौ, तर कार्यान्वयनको समयमा सरकार परिवर्तन भयो ।" उहाँले थप्नुभयो "अहिलेको सरकारले हामीले कार्यक्रम कार्यान्वयन नगर्ने तर्खरमा गएका छन्, कार्यक्रमहरु विभिन्न बाहना बनाएर अल्झाइएको छ ।" सरकार सार्वजनिक खरिद ऐन विपरीत गएको उहाँले आरोप लगाउनुभयो।
"सरकारले गर्ने खराब कामको विरुद्धमा हामी खबरदारी गर्न तयार छौ" उहाँले थप्नुभयो "वर्तमान सरकारबाट सुशासन, विकास र देशको समृद्धि देखिदैन । जनता सजक रहन आवश्यक छ । भ्रष्टाचार देशको प्रमुख समस्या बनेको छ ।"
संविधानको आसिनमा बसेकाहरू संविधानको भावना विपरीत अभिव्यक्ति, अन्तर्वार्ता दिदै हिडेको बताउनुभयो। यो व्यवस्थाप्रति मनलाग्दी भाषण गर्न छुट नभएको बताउनु भयो । यो व्यवस्था ल्याउनका लागि अगाडि आएका हौं, उहाँले थप्नुभयो।
कार्यक्रममा बोल्दै उहाँले गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो । दुर्गम ठाउँको विद्यालयमा पनि विद्यार्थीको चाप बढाई गुणस्तरीय शिक्षाका लागि योगदान पुर्याएको बताउनु भयो ।
"यो युग प्रतिस्पर्धाको युग हो, विश्वमै प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्नुपर्दछ ।" उहाँले भन्नुभयो " समस्याहरुलाई समाना गर्दै समस्याहरुको समाधानमा केन्द्रित हुँदै अगाडि बढ्नुपर्दछ ।"
भरत विश्वकर्मा
