युक्रेनमा परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा 

युक्रेनमा परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा 


  • 6.5K
    SHARES
    • फाल्गुण २०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    युक्रेनमा परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा 

    एजेन्सी, २० फागुन। युक्रेनको परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा आएको छ। रुसी आक्रमणका कारण प्लान्टमा रहेको पाँच तले तालिम केन्द्र रहेको भवनमा आगो लागेको युक्रेनले जनाएको छ। 

    images

    आगलागीले प्लान्टमा कुनै नोक्सानी नगरेको बताइएको छ। युक्रेनको आपत्कालिन सेवाका अधिकारीलाई सुरुमा आगलागी भएको स्थानमा जान दिइएको थिएन। पछि उनीहरुलाई प्रवेश दिएपछि आगो नियन्त्रणमा आएको थियो। 

    घटनामा कोही पनि हताहता नभएको युक्रेनको आपत्कालिन सेवाले जनाएको छ। आगलागी भएपछि युक्रेनका राष्ट्रपति वोलोदोमीर जेनन्स्कीले ट्वीटर मार्फत रुसले प्लान्टमा आक्रमण गरेको जनाएका थिए। 


    तेस्रो आँखा