एनपिएलको पुरस्कार राशि दुई करोड ११ लाख

एनपिएलको पुरस्कार राशि दुई करोड ११ लाख


  • 3.1K
    SHARES
    • मंसिर १५, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 4.8K Views

    एनपिएलको पुरस्कार राशि दुई करोड ११ लाख

    काठमाडौँ,  १५ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को पुरस्कार राशि दुई करोड ११ लाख रुपैयाँ रहको छ ।

    images

    नेपाल क्रिकेट संघ (क्यान)ले जनकपुर बोल्ड्स र विराटनगर किङ्सबीचको उद्घाटन खेलअघि उक्त जानकारी दिएको हो । क्यानले विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पाउने जनाएको छ ।

    यो हालसम्मकै राष्ट्रिय प्रतियोगिताको सर्वाधिक पुरस्कार राशि हो । यसअघि २०७१,०७२ को राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० ले कीर्तिमानी पुरस्कार एक करोड दिएको थियो । उक्त कीर्तिमान एनपिएलले तोडेको छ ।

    यस्तै, एनपिएलमा दोस्रो हुने टोलीले ५० लाख रुपैयाँ पाउने छन्। तेस्रोलाई ३० लाख र चौथो हुनेलाई २० लाख रुपैयाँ दिने क्यानले जनाएको छ ।

     क्यानले समग्रमा एनपिलको पुरस्कार राशिमा दुई करोड ११ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।


    तेस्रो आँखा