एनपिएल : कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दियो

एनपिएल : कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दियो


  • 3.3K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.1K Views

    एनपिएल : कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दियो

    काठमाडौं, १७ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ ।

    images


    टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो । कर्णाली याक्सका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले अन्तिम दुई ओभरमा आक्रामक ब्याटिङ गरे ।

    कप्तान कामी २९ र अर्जुनले ३३ रनको आक्रामक पारि खेले । यस्तै गुल्शन कुमार झाले सर्वाधिक ३६ रन बनाए । कर्णाली याक्सका ओपनर देव खनाल १ रनमा आउट भएका थिए भने अर्का ओपनर शिखर धवन १४ रनमा पेभिलियन फर्किए ।

    चाडविक वाल्टनले ८ रन बनाउँदा बाबर हायतले १२ रनको योगदान दिए । जिशान मकसूद शून्य रनमा आउट भए । सोमपाल कामी २९ र नन्दन यादव शून्य रनमा नट आउट रहे ।


    तेस्रो आँखा