जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स पराजित

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स पराजित


  • 2.8K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.3K Views

    जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स पराजित

    काठमाडौं, १७ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ । आज भएको एनपिएलको तेस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको हो ।

    images

    जितका लागि पाएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा पुरा गर्‍यो ।

    जनकपुर बोल्ट्सको जितमा कप्तान अनिल शाहले आक्रामक अर्ध शतक बनाए । ४२ बलको सामना गरेका अनिलले ६२ रन बनाए । जनकपुरका मार्की तथा ओपनर आशिफ शेखले ३६ रन बनाए । लाहिरु मिलन्थाले २४ रनको आक्रामक पारि खेले । जेम्स निशाम १६ रनमा नट आउट रहे ।

    कर्णालीका लागि मौसम ढकाल र जिशान मकसूदले समान १–१ विकेट लिए ।


    तेस्रो आँखा