• ट्रेण्डिङ्ग :
गिनीमा फुटबल फ्यानबीच झडप हुँदा ५६ जनाको मृत्यु

गिनीमा फुटबल फ्यानबीच झडप हुँदा ५६ जनाको मृत्यु


  • 4.5K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.9K Views

    गिनीमा फुटबल फ्यानबीच झडप हुँदा ५६ जनाको मृत्यु

    काठमाडौं १८ मंसिर । दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा एक फुटबल खेलका क्रममा प्रतिद्वन्द्वी समर्थकबीच आइतबार झडप हुँदा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जनरल मामादी डुम्बौया ट्रफीको फाइनल खेलका क्रममा एनजेरिकोर र लाबेबीच हिंसा भएको थियो ।

    images

    खेलको अन्त्यमा तनाव बढ्यो, जब एनजेरेकोरलाई पेनाल्टी दिइयो । लेबेका खेलाडीहरूले त्यसको कडा विरोध गरेका थिए । स्थिति बिग्रिएपछि सुरक्षा बलहरूले अश्रुग्यास प्रहार गरेका थिए । गिनीका प्रधानमन्त्री अमाडो ओरी बाहले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल


    तेस्रो आँखा