काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ ।
एनपिएलको चौथो खेलमा विराटनगर किंग्सलाई ९२ रनमा अलआउट गर्दै सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको हो । जितका लागि १८३ रनको लक्ष्य पाएको विराटनगर किंग्स १६.१ ओभरमा अलआउट हुँदै ९२ रनमै समेटियो ।
