महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको बिदाइ

महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको बिदाइ


  • 7.2K
    SHARES
    • फाल्गुण २१, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको बिदाइ

    काठमाडौं, २१ फागुन। महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ।

    images

    महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन्। संस्थानले साधुसन्तलाई बिदाइ गरेको पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले जानकारी दिए। गोरखनाथ अखडाका साधुसन्तलाई भने बिदाइ गर्न बाँकी रहेको संस्थानले जनाएको छ।

    बिदाइका अवसरमा फागुन कृष्ण एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेको सामग्रीसहित दक्षिणा पनि दिइएको उनले बताए। संस्थानले रु ९०० देखि रु आठ हजारसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ। नागाबाबालाई रु आठ हजार र अन्यलाई रु ९०० भन्दामाथि दक्षिणा दिइएको संस्थानका प्रवक्ता जनक पोखरेलले बताए। 

    यसैगरी कोषले पनि रु १०५ देखि रु पाँच हजार १०० सम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ। धेरै साधुसन्तलाई बिहीबार नै बिदाइ गरिएकामा केही छुटपुट साधुसन्तलाई भने आज बिदाइ गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। कोषले अहिलेसम्म करिब तीन हजार ५०० जना साधुसन्तलाई बिदाइ गरेको जनाएको छ।


    तेस्रो आँखा