काठमाडौं, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ । कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमाडौं गुर्खाजले पहिलो जित निकालेको हो ।
कर्णालीले दिएको १ सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य काठमाडौं गुर्खाजले १९।३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । काठमाडौँको जितमा सुमित महर्जनले शानदार पारि खेले । उनले ४० रनको नट आउट पारि खेले ।
यस्तै काठमाडौँका कप्तान करण केसीले गेम चेन्जर इनिङ खेले । उनले १० बलमा २८ रनको कप्तानी पारि खेले । गेर्हार्ड इरास्मसले ३८ रनको योगदान दिए । आज पनि काठमाडौँको टप अडर ब्याटर चल्न सकेनन् ।
ओपनर शंकर राना ६ रनमा आउट भए भने माइकल लेविटले २२ रन जोडे । स्टीफन एस्किनाजीले ३ रनको योगदान दिँदा भीम सार्कीले ९ रन जोडे । राशिद खान शून्य रनमा रन आउट भए भने साहब आलम शून्य रनमा नट आउट रहे ।
