• ट्रेण्डिङ्ग :
लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दियो

लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दियो


  • 2.3K
    SHARES
    • मंसिर १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.5K Views

    लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दियो

    काठमाडौं १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।

    images

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १९१ रन बनाएको हो । यो एनपीएलमा कुनै टिमले दिएको अहिलेसम्मकै उच्च स्कोर हो ।

    लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । टम मुर्सले ३०, अर्जुन साउद १७, आशुतोष घिरैया १५ र सन्दीप जोरा १२ रनमा आउट भए । विराटनगरका लागि इस्मत आलम, सन्दीप लामिछाने र राजेश पुलामीले १–१ विकेट लिए ।


    तेस्रो आँखा