प्रदेशमा क्रिकेट खेलको अवसर सृजना गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री

प्रदेशमा क्रिकेट खेलको अवसर सृजना गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री


  • 2.2K
    SHARES
    • मंसिर १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.4K Views

    प्रदेशमा क्रिकेट खेलको अवसर सृजना गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री

    दाङ १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासकोलागि आधारभूत पूर्वाधार निर्माण र स्तरोन्नतीकालागि प्रदेश सरकारले पहल लिने बताउनु भएको छ । खेलको आधारभूत संरचना निर्माण, प्रशिक्षण केन्द्र देखी समुदाय स्तरमा खेलाडी उत्पादन लगातका कामलाई अघि बढाउन र खेल अवसरहरुको सृजना गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो ।

    images

    अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषि भट्टराईको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलसंग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा बुधवार भएको भेटमा मुख्यमन्त्री आचार्यले क्रिकेट मैदान, प्रशिक्षण केन्द्र, खेल पूर्वाधारको विकास र स्तरोन्नतीका लागि प्रदेश सरकारले पहल लिने बताउनु भयो ।‘क्रिकेट खेलको विकासकोलागि प्रदेश सरकारले आधारभुत संरचना विकासको लागि ध्यान दिन्छ’उहाँले भन्नुभयो,‘हाम्रो प्रदेशमा क्रिकेट खेल प्रति युवा खेलाडीहरुको बढ्दो आकर्षण र अवसरले सरकार पनि उत्साहीत छ । खेल क्षेत्रको विकास, खेलाडी उत्पादन र क्षमता विकासकालागी गर्नुपर्ने कामहरु अघि बढाउछौं ।’

    विद्यालयतहमा क्रिकेट खेल प्रशिक्षण कार्यक्रमहरु चलाउने र युवा खेलाडी प्रतिभाहरुको खोजी गर्न जरुरी रहेको बताउनु भयो । मुख्यमन्त्री आचार्यले  क्रिकेट खेल संगै अन्य खेल क्षेत्रको विकासको लागि पनि प्रदेश सरकारले समान रुपमा प्राथमिकता दिने, पूर्वाधार निर्माण गर्ने र खेल अवसरहरुको खोजी गर्ने बताउनु भयो । अर्घाखाँची जिल्लामा माघ १ गतेदेखी पाँचौं अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगीता हुदैछ । यो प्रतियोगीता सम्वन्धमा क्रिकेट संघका अध्यक्ष भट्टराईले मुख्यमन्त्री आचार्यलाई जानकारी गराउनु भएको थियो । प्रतिनिधि मण्डलले प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमलाई समेत भेट गर्दै खेल प्रतियोगीताको बारेमा जानकारी दिएको छ ।


    तेस्रो आँखा