एनपीएल : आज दुई खेल हुँदै

एनपीएल : आज दुई खेल हुँदै


  • 3.6K
    SHARES
    • मंसिर २०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.5K Views

    एनपीएल : आज दुई खेल हुँदै

    काठमाडौं, २० मंसिर । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा गत बिहिबार दुई खेल हुँदैछन् । गत शनिबारदेखि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ, उक्त प्रतियोगितामा ८ टिमको सहभागिता छ ।

    images

    आज पहिलो खेल बिहान ९ः१५ बजे पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे काठमाडौं गुर्खाज र सुदुरपश्चिम रोयल्सबीच हुनेछ । 

    लगातार दुई खेल जितेको जनकपुरले आज खेल्न लागेको खेल तेस्रो हो। यसअघि पहिलो खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।

    पोखराको यो दोस्रो खेल हो। यसअघि चितवन राइनोजसँग पराजित भएको थियो।

    काठमाडौं गोर्खाजको तेस्रो खेल हो। पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौंले बुधबार कर्णालीलाई पराजित गरेको थियो।

    सुदूरपश्चिमको पनि यो दोस्रो खेल हो। पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गरेको थियो।

    प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।


    तेस्रो आँखा