एनपिएल : जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले चौथो विकेट गुमायो

एनपिएल : जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले चौथो विकेट गुमायो


  • 3.1K
    SHARES
    • मंसिर २०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.8K Views

    एनपिएल : जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले चौथो विकेट गुमायो

     

    images

    काठमाडौं, १९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पोखराले चौथो विकेटमा रुपमा दिलीप नाथलाई ११ रनमा गुमाएको हो ।

    यसअघि कुशल भुर्तेललाई ६, आन्द्रस गौस २० र दिनेश खरेल १० रनमा आउट भएका थिए । टस जितेर जनकपुरका कप्तान अनिल साहले फिल्डिङको निर्णय लिँदै पोखरालाई ब्याटिङमा निम्त्याएका हुन् ।

    जनकपुरको यो तेस्रो खेल हो । यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो ।

    प्रतियोगितामा पोखराको भने यो दोस्रो खेल हो । पोखराले यसअघि चितवन राइनोजसँग ८७ रनको हार व्यहोरेको थियो । पोखरा आज पहिलो जितको खोजीमा छ ।

     


    तेस्रो आँखा