एनपिएल : सुदूरपश्चिमले काठमाडौँलाई १६८ रनको लक्ष्य दियो

एनपिएल : सुदूरपश्चिमले काठमाडौँलाई १६८ रनको लक्ष्य दियो


  • 5.5K
    SHARES
    • मंसिर २०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 8.5K Views

    एनपिएल : सुदूरपश्चिमले काठमाडौँलाई १६८ रनको लक्ष्य दियो

    काठमाडौं, २० मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को नवौँ तथा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।

    images

    टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो । सुदूरपश्चिम रोयल्सका लागि ब्रान्डन मक्मलेनले अर्ध शतक बनाए । उनले ३६ बलमा ५३ रन बनाएर आउट भए ।


    कप्तान दीपेन्द्र सिंह ऐरीले ४३ रनको आक्रामक पारि खेले । उनि २५ बलमा ४३ रन जोडेर क्याच आउट भए । रोयल्सका ओपनर विनोद भण्डारीले ३५ रन बनाए । सेफ अलि जेबले ११ रनको योगदान दिए । रोहन मुस्ताफा ४ रनमा बोल्ड भए ।

    आरिफ शेख ३ बलमा ३ रन बनाएर खेलिरहेका बेला रनआउट भए । इशान पाण्डे १ र स्कट कुगेलेइन ७ रनमा नटआउट रहे ।


    तेस्रो आँखा